रिबन

निर्वाचनको मत परिणाम सात दिनभित्र सार्वजनिक गरिने

काठमाडौं।निर्वाचन आयोगले यस पटकको मतगणना कार्य पनि छिटो र छरितो रुपमा सम्पन्न गर्ने रणनीति बनाएको छ ।

०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा ११ दिन बढी समय मतगणनाकै लागि खर्चिएको थियो । यस पटक पनि निर्वाचनमा भाग लिने दलको संख्या तथा मतपत्रको आधारमा समान भएपनि एक हप्ताभित्रै काठमाडौं महानगरपालिकाको मतगणना कार्य पनि सम्पन्न गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

समयमै मतगणना सम्पन्न गर्न र सबै वडाको एकै पटक सुरु गर्ने व्यवस्था गर्न मुख्य निर्वाचन अधिकृतहरूलाई आयोगले सुझाइसकेको छ । ‘एकै पटक सबै वडाको मतगणना गर्दा प्रमुख र उपप्रमुखको मतपरिणाम एकै चरणमा आउँछ । राजनीतिक दलहरू सबै वडाको मतगणना गर्नका लागि भने तयार हुनु पर्छ ।’ सहायक प्रवक्ता अर्यालले भने ।

मतगणनालाई विश्वनीय, छिटो, छरितो बनाउने जिम्मा मुख्य निर्वाचन अधिकृत रहेपनि त्यसका लागि राजनीतिक दलको साथ सहयोग आवश्यक पर्ने अर्यालले बताए ।

निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारीहरू निर्विरोध निर्वाचित भईसकेका छन् । ६ वडा अध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्यहरू समेत निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदानकेन्द्रहरूबाट एक करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताबाट ३५ हजार २ सय २१ जना मध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि चयनका लागि निर्वाचन हुन मतदान हुन लागेको हो ।

मतदानकेन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीहरू सहित एक लाख नौ हजार ८८ जना कर्मचारी र ६५ हजार आठ सय ६५ जना स्वयंसेवकहरू आ–आप्mनो मतदान केन्द्रमा पुगिसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *