काठमाण्डाै। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तारुढ गठबन्धन भित्र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको उपयोगिता सकिएको बताएका छन । स्थानीय तहको निर्वाचनको उम्मेदवारीका क्रममा माधव नेपालको समूहलाई कांग्रेस र माओवादी केन्द्रले पार्टीका रूपमासमेत स्वीकार नगरेर उपयोग मात्रै गरेकाे वताएका छन । महासचिव पाेखरेलले माधव नेपाल समूह भ¥याङ मात्रै बनेको वताएका छन । उनले भने-तपाईंहरूले देशभरिको उम्मेदवारी दर्ताको अबस्था हेर्नुभयो होला, उम्मेदवारी नै २५ प्रतिशतदर्ता गर्छ भने त्यो पार्टीको हैसियत राष्ट्रिय राजनीतिमा के हुन्छ होला ?
उनले चुनाव पछि माअेावादीकाे हालत पनि कमजाेर हुने वताए । उनले माओवादीले छुट्टै चुनावको घोषणापत्र सार्बजनिक गर्ने हैसियत समेत गुमाइसकेको वताएका छन । एमाले वलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित हुँदै गएकै कारण सत्ताधारी दलहरू एकठाउँमा उभिएर गठबन्धन बनाएको उनकाे भनाइ छ ।




