रिबन

भरतपुरमा कांग्रेसले तय गर्यो उपमेयरको उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले भरतपुर महानगरपालिकामा उपमेयरको उम्मेदवार चयन गरेको छ । सत्तारुढ पाँच दलीय गठबन्धनबीच भएको सहमतिअनुसार भरतपुर महानगरमा मेयर पद नेकपा माओवादी केन्द्रले पाएको छ । भागबन्डाकै क्रममा उपमेयर भने नेपाली कांग्रेसको भागमा परेको थियो ।

भरतपुरमा हालतका मेयर रेणु दाहाललाई नै मेयरको उम्मेदवार बनाउने माओवादीले निर्णय गरिसकेको छ । यसैबीच, नेपाली कांग्रेसले नेता चित्रसेन अधिकारीलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसको निर्णयसँगै दाहाल र अधिकारी पाँच दलीय गठबन्धनको तर्फबाट मेयर र उपमेयरको उम्मेदवार बनेका छन् ।

शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न कांग्रेसका शीर्ष नेताहरूको बैठकले अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *