समाचार

रामचन्द्र पौडेलले बोलाएको जिल्ला सभापतिको भेला आज

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको जिल्ला सभापतिहरूको भेला आज (शुक्रबार) बस्दैछ । आज बिहान ९ बजे काठमाडौंमा हुने गरी भेला बोलाइएको हो ।

१४औं महाधिवेशनको प्रक्रियामा सहभागी नभएपछि गुटगत भेलामा सहभागी नभएका पौडेलले महाधिवेशनको चार महिनापछि जिल्ला सभापतिहरूलाई डाकेका हुन् ।

संस्थापन इतर पक्षका नेता पौडेल सभापतिमा आफ्नै गुटका नेताहरूले अघि नसारेपछि महाधिवेशनको प्रक्रियामा सहभागी नहुने बताएर घरमै बसेका थिए । त्यसका लागि जिल्ला सभापतिहरू पौडेल निवास बोहोराटार पुगिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *