रिबन

तिनै तहकाे चुनावमा गठवन्धन हुन्छ-प्रचण्ड

काठमाण्डाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनै तहको निर्वाचनसम्म गठबन्धन जारी रहने बताएका छन । बिहीबार चितवनकाे माडी नगरपालिका–९ राईडाँडामा कुुसुमखोला नमूना चेपाङ बस्तीको उद्घाटन गर्दै उनले स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा अहिलेको सत्ता गठबन्धनसँंगै अघि बढ्ने वताए । अध्यक्ष प्रचण्डले गठबन्धन हुँदै गर्दा पनि आन्तरिक शक्ति बलियो हुनुपर्ने बताएका छन । आउँदो निर्वाचनमा पार्टीलाई बलियो सावित गर्न गाउँ तहमा सङ्गठन बलियो बनाउनुपर्नेमा उनको जोड छ ।

गएको निर्वाचनमा आफूले गरेको बाचा पूरा हुने चरणमा गएको भन्दै अध्यक्ष प्रचण्डले बाँकी रहेका केही योजना एक वर्षभित्रमा सम्पन्न हुने बताए । प्रचुर सम्भावना बोकेको माडीको विकासमा आफू लागिपरेको अध्यक्षले बताए । सो स्थानमा ८६ घर रहेका छन् । संसद् विकास कोष, माडी नगरपालिका र दाताहरूको सहयोगमा ती घर निर्माण गरिएका हुन् । यसअघि उनले रु पाँच करोड ३७ लाखमा सम्पन्न माडी नगरपालिका–२ को पाँच किलोमिटर लामो चिरौली सडक उद्घाटन गरेका थिए । गत वर्ष उनले सो सडकको शिलान्यास गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *