काठमाण्डौं । सत्ता गठवन्धनमा चुनावी तालमेललाइ लिएर धम्क्याउने,घुक्र्याउने खेल सुरु भएको छ । नेपाली कांग्रेस भित्र माओवादीलाइ साथ लिएर चुनावमा जान सकिन्न भन्ने मत बढदै जादा माओवादीले भने सरकार नै ढालिदिने चेतावनी दिन थालेको छ । कांग्रेसलाइ जसरी पनि माओवादीसंग तालमेल गरेर जान दवाव दिन माओवादीले यस्तो धम्की दिन थालेको हो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल,नेता बर्षमान पुनले तालमेल नभए सरकार ढल्ने चेतावनी दिएर यस्तो संकेत गरेका हुन । अझ अध्यक्ष दाहालले त एमालेसंग सहकार्य गर्ने धम्की समेत दिएका छन । माओवादीका नेताहरु जसरी पनि कांग्रेसलाइ दवावमा पारेर चुनाी तालमेल गर्ने नीति लिएको देखिन्छ । तर,यदि माओवादीसंग कांग्रेसले तालमेल नगरे के माओवादी र एमाले मिल्छन ? नेपालका वामबुद्धिजीवि भने यस्ता कुरामा विश्वास गर्दैनन । वरु वामवुद्धिजीवि तथा पुर्वराजदुत नीलाम्वर आचार्यले त नेपालमा कम्युनिष्ट पार्टी नै विलिन हुने ठोकुवा गर्छन । उनले ढिलोचाडो नेपालमा कम्युनिष्ट पार्टी नरहने वताएका छन । एमाले नेताहरु पनि माओवादीसंग मिल्ने कुरामा सहमत देखिदैनन । कतिसम्म भने एमाले नेता घनश्याम भुषालले कम्युनिष्ट मिलनको कुरा गरेकै दिन एमाले अध्यक्ष केपी ओलीले कम्युनिष्ट एकताको कुनै आवश्यकता नभएको वताएका छन । उनको यो अभिब्यक्तिले माओवादी र एमाले मिल्ने ठाउ निकै कम देखिन्छ तर पनि माओवादीले एमालेलाइ देखाएर कांग्रेसलाइ धम्की दिने क्रम भने जारी राखेको छ ।




