रिबन

मुख्य समाचार : सत्तागठबन्धन चुनावसम्मै लैजाने कसरत जारी, गठबन्धन समाप्त हुने ओलीको दाबी

काठमाडौं । युक्रेनबाट चारजना नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । भारत सरकारको सहयतामा उनीहरू शनिबार काठमाडौं आइपुगेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली नागरिकलाई फिर्ता ल्याउन सहयोग गरेकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादीकै कारण संविधान जारी भएको दाबी गरेका छन् । माओवादी नेता पोष्टबहादुर बोगटीको शालिक अनावरण गर्दै नुवाकोटमा अध्यक्ष प्रचण्डले माओवादीकै कारण अहिलेको व्यवस्था र संविधान आउन सकेको दाबी गरेका हुन् । उनले अहिलेको गठबन्धनलाई चुनावसम्मै लैजाने गरी छलफल चलिरहेको समेत बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि अहिलेको सत्ता गठबन्धन समाप्त हुने दाबी गरेका छन् । एमालेका निकटको कर्मचारी संघको कार्यक्रममा अध्यक्ष ओलीले अहिलेको सरकार वालुवामा रोपेको मुलाजस्तै कमजोर भएको बताए । उनले आगामी चुनावमा एमालेको भेल आउने र सबैलाई बगाएर लैजाने दाबी गरे ।

विरगञ्जका मेयर विजय सरावगी नेकपा एमाले प्रवेश गरेका छन् । जनता समाजवादी पार्टीबाट मेयर बनेका सरावगी एमाले प्रवेश गरेका हुन् । उनलाई एमाले प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओली विरगञ्ज पुगेका थिए ।

नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी अेालीलाइ चाउरिएकाे नेता भनेका छन। शनिवार स्थानीय तहकाे चुनावकाे प्रचार प्रशारमा कार्यकर्तालाइ सम्वाेधन गर्दै उनले एमालेकाे अस्तित्व संकटमा परेकाे वताएका छन।

निर्माण सकिएर क्यालिव्रेसन फ्लाइट समेत भइसकेको गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बैशाख १ गते परीक्षण उडान हुने भएको छ । आगामी जेठ २ गतेदेखि व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारीका साथ यान्त्रिक परीक्षण उडान समेत भइसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *