रिबन

देउवा रन्किएपछि भयाे सहमति,प्रचण्ड-माधव यसरी गले !

काठमाण्डाै‌ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमारलाई बोलाएर अमेरिकी सहयोगसम्बन्धी सम्झौता ‘एमसिसी’ पारित नगरे गठबन्धन तोड्ने कडा चेतावनी दिएपछी प्रचण्ड-माधव गलेका छन । उनीहरुले फेस सेभिङको लागि ब्याख्यात्मक टिप्पणी गर्दै एमसिसि पारित गर्ने सहमति जुटेको छ । अब यसलाइ औपचारिकता मात्र दिन वाकी रहेको छ । यसपछि पार्टीको औपचारिक निर्णय गर्न माओवादी र एकिकृत समाजवादीले वैठक वोलाएका छन ।

एमसिसी पारीत गर्न माओवादी केन्द्रले आइतबार पूर्व स्थायी कमिटी सदस्यहरूको बैठक बोलाएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा आइतबार बिहान बस्ने उक्त बैठकमा सम्भवत एमसिसी पारीत हुनेछ । एकीकृत समाजवादीले आइतबार ११ बजे सचिवालय बैठक बोलाएको छ। उक्त बैठक सम्भवत एमसीसी पारित गर्ने संस्थागत निर्णय गर्ने गर्ने छ ।

यसअघि सत्ता गठवन्धनकाे वैठक वस्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *