राजनीति

कांग्रेस संसदीय दलको बैठक आज बस्दै, महाअभियोग र एमसीसी प्रमुख एजेन्डा

काठमाडौं । प्रमुख सत्ताधारी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज मंगलबार बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणामाथि लगाइएको महाअभियोग प्रस्तावबारे छलफल हुने प्रमुख एजेन्डा रहेको छ ।

कांग्रेससहित ९८ जना सांसदहरूले आइतबार प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोगको प्रस्ताव पेस गरेका थिए । महाअभियोग प्रस्तावका पक्षमा कांग्रेस संसदीय दलले खेल्ने भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको बताइएको छ । साथै, कांग्रेस संसदीय दलको विषयमा एमसीसीका बारेमा पनि छलफल हुने बताइएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग स्थानीय निर्वाचन सार्ने षड्यन्त्र भएको बताइरहेको छ । उसले महाअभियोगको प्रतिवाद गर्ने बताइसकेको छ । महाअभियोग प्रस्ताव पारित गर्न दुई तिहाइ सांसदको अवाश्यकता पर्छ । एमाले बिना सो पुग्ने सम्भावना छैन ।

बैठक बिहान नौ बजेदेखि बस्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *