काठमाडौं।नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले फागुन ३ गते मंगलबार बिहान ९ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको हो ।
नेपाली कांग्रेस संसदीय दलको कार्यालयले एक सूचना जारी गरेर ल्होत्से हल, संघीय संसद भवन, नयाँ वानेश्वरमा दलकाे बैठक बस्ने जानकारी दिएको हो ।
राजनीतिक सरगर्मी बढिरहेका बेला नेपाली कांग्रेसले बोलाएको संसदीय दलको बैठकलाई निकै अर्थपूर्ण रुपमा लिइएको छ ।




