काठमाडौं । । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दै छ । बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक आह्वान गरिएको छ ।
बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध लगाइएको महाअभियोग विरुद्ध छलफल हुने छ । हिजो साँझ बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको एमाले सचिवालय बैठमले एमालेले महाअभियोगको प्रतिवाद गर्ने बताइसकेको छ । त्यसैबारे थप छलफल गर्न आज संसदीय दलको बैठक बोलाइएको हो ।
साथै बैठकमा सभामुखले बोलाएको सर्बदलीय बैठकमा जाने कि नजाने भन्नेबारे सर्वदलीय बैठकमा छलफल हुने छ । सभामुखलाई महाअभियोग लगाउन माग गरिरहेको एमालेले उनैले बोलाएको सर्वदलीय बैठकमा नजाने सम्भावना छ ।




