शिक्षा / स्वास्थ्य

कोरोना अपडेटः एक हजार नौ सय ५७ जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा एक हजार नौ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले मंगलबार १२ हजार ६ सय ९२ वटा नमुना परीक्षण गर्दा एक हजार नौ सय ५७ जनामा संक्रमण देखिएको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आठ हजार पाँच सय ८७ जनामा गरिएको पीसीआर परीक्षणमा एक हजार एक सय ८४ जना र चार हजार एक सय पाँचजनामा एन्टिजेन परीक्षण गर्दा सात सय ७३ जनामा संक्रमण देखिएको हो ।

योसँगै देशभर सक्रिय संक्रमितको ३६ हजार एक सय ८१ रहेको छ ।

पछिल्लो २४ घन्टामा पाँच हजार एक सय तीनजना डिस्चार्ज भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या ११ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *