काठमाडौँ । नेकपा माओवादी केन्द्रको निर्वाचन तालिका चौथो संशोधन भएको छ । पार्टीभित्र सहमतिकै आधारमा नेतृत्वसहितको केन्द्रीय कमिटी घोषणा गर्नका लागि छलफल जारी रहँदा निर्वाचन समितिले पुनः निर्वाचन तालिका संशोधन गरेको हो ।
माओवादीले शनिबार राति ८ बजेदेखि तय गरिएको निर्वाचन कार्यतालिकालाई आइतवार दिउँसो २ बजेसम्मका लागि संशोधन गरेर सारेको थियो । त्यसपछि निर्वाचन कार्यतालिकालाई पुनः २ घण्टा पर सारेर दिउँसो ४ बजेका लागि सारिएकोमा अहिले केन्द्रीय समिति चयनका लागि उम्मेदवारी दर्ता बेलुकी ६ देखि राति ८ बजेसम्मका लागि तोकिएको छ ।
माओवादीको केन्द्रीय निर्वाचन आयोगले नेतृत्व छनोट गर्न शनिबार नै निर्वाचन प्रक्रिया सुरु गरिसकेको छ । जसअनुसार झन्डै साढे १७ सय मतदाता नामावली प्रकाशित भइसकेको छ ।
संशोधित निर्वाचन तालिकाः-





