काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप तीन जना केन्द्रीय सदस्य मनोनीत गरेका छन । सभापति देउवाले आईतबार जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन ।
यस अघि सभापति देउवाले रामचन्द्र पौडेल, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीन विश्वकर्मालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए ।
सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय सदस्य मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।





