रिबन

माओवादीको २९९ जनाको केन्द्रीय समिति हुने

काठमाण्डौं । नेकपा माओवादी केन्द्रको २९९ जनाको केन्द्रीय समिति हुने भएको छ । आज देखि हुने महाधिवेशनबाट केन्द्रीय समिति सदस्य चयन हुनेछन । साथै,महाधिवेशनले १५ जना रहेको पदाधिकारी चयन गर्नेछ । पदाधिकारी र केन्द्रीय समिति सदस्य संख्या आज बसेको स्थायी कमिटी सदस्यले अनुमोदन गरेको छ ।

केन्द्रीय समितिको बैठकले पारित गरेको विधान अनुसार पार्टीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछ । यसअघि प्रथम सम्मेलन गर्ने तयारी गरेको माओवादीले त्यसलाई महाधिवेशनमा रुपान्तरण गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *