रिबन

कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान: कति खस्यो मत ?

काठमाडौं।नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गतको सभापतिका लागि जारी दोस्रो चरणको मतदानमा ६ बजेसम्म १ हजार ५ सय भन्दा धेरै मत खसेको छ ।

सोमबार भएको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा धेरै मत नपाएपछि आज दोस्रो चरणको मतदान भइरहेको हो। राष्ट्रिय सभागृहमा​ ६ वटा बुथबाट मतदान भइरहेको छ ।

हालसम्म १ हजार ५ सय बढी मत खसेको निर्वाचन समिति सदस्य एगराज पोखरेलले जानकारी दिए । पहिलो चरणमा धेरै मत पाएका शेरबहादुर देउवा र शेखर कोइराला चुनावी प्रतिस्पर्धामा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *