रिबन

भाजपाका नेता हर्ष वर्द्धनले भने : एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री कहिल्यै देखेको थिइनँ

काठमाडौं।भारतीय जनता पार्टीका नेता तथा भारतीय पूर्वस्वास्थ्यमन्त्री हर्ष वर्द्धनले एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री कहिले नदेखेको बताएका छन् । काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली काङग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

पाँच पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवाको अध्यक्षतामा दुई पटक प्रधानमन्त्री बनेका केपी ओली, पूर्वप्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र लोकेन्द्रबहाुर चन्दसमेतको नाम उल्लेख गर्दै उनले यस्तो बताएका हुन् ।


उनले भने, ‘एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री बसेको थिएन । भारतमा पनि यस्तो देखेको थिइनँ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *