काठमाडौं।नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनको उद्घाटनन समारोहमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरू पुगेका छन् । शुक्रबार दिउँसो १ बजे उद्घाटन हुने भनिएको कार्यक्रम केही ढिला भएपनि काङ्ग्रेस र अन्य दलका शीर्ष नेता उपस्थित हुनेक्रम जारी रहेको छ ।
काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, शेखर कोइरालालगायत नेता उपस्थित भइसकेका छन् । राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेता उपस्थित भएका छन् ।
त्यसैगरी, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुरलगायत नेता उपस्थित भइसकेका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी ओली भने आउनेक्रममा छन् ।
यसैगरी, विदेशबाट भारतको भारतीय जनता पार्टी र काङ्ग्रेस आइका प्रतिनिधिको समेत उपस्थित भएका छन् । भारतीय जनता पार्टीका नेता हरिवर्द्धन र हरिस त्रिवेदी उपस्थित छन् ।




