काठमाण्डाैं। सभापतिकाे उम्मेदवार भनेपनि प्रतिनिधि चयनमा कमजाेर भएकाे पाएपछि विमलेन्द्र निधि पछि हटेका छन। कांग्रेस महाधिवेशन उदघाटनकाे दिन उनले सहमतिकाे लागि सहयाेग गरेकाे वहाना वनाउदै रामचन्द्र पाैडेललाइ सहयाेग गर्ने संकेत गरेका छन।लामाे समय सभापति शेरवहादुर देउवासंग सहकार्य गरेका निधिले अचानक पाैडेललाइ सहमति गर्न देउवालाइ समेत अनुराेध गरेका छन।उनले यसाे भनेर पछि हटने संकेत गरेका हुन।पाैडेल समुहकै नेता प्रकाशमान सिह र शेखर काेइराला समेत पछि नहटेकाे बेलामा निधिले पाैडेललाइ छाडन गरेकाे अनुराेधमा खास दम देखिन्न ।तर, उनले यसाे गरेर सभापतिकाे उम्मेदवार भएर टिकिनरहने प्रष्ट लाइन लिएका छन।
तर निधि यतिकै पछि हटेका भने हाेइनन।प्रदेश २ काे अधिवेशन नभएपनि जिल्ला तहकाे अधिवेशन भने भएकाे छ।यस अधिवेशनमा प्रदेश २ काे ८ जिल्ला मध्ये ६ जिल्ला सभापति शेरवहादुर देउवाकाे पकडमा गएकाे छ।यसअघि पुरै प्रदेशमा निधिकाे पकड थियाे ।तर,सभापति देउवा प्रधानमन्त्री भएपछि ६ जिल्ला सभापति देउवाकाे हातमा पुगेकाे छ।अहिले धनुषाा र सर्लाहीकाे मात्र जिल्ला सभापति निधिकाे हातमा छन।यहि अवस्था रहे यी ठाउ पनि निधिले गुमाउनेछन।
जिल्लामा कमजाेर हुदै गएपछि निधिले नै ववाल गरेर प्रदेश अधिवेशन हुन दिएनन।अधिवेशन भएकाे खण्डमा हारिने र यसले महाधिवेशनमा असर पर्ने भन्दै निधिले अधिवेशन गर्न पछि हटे।प्रतिनिधि पनि कम र भएका प्रतिनिधि पनि धमाधम देउवातिर लाग्नथालेपछि हतास भएका निधि अचानक उम्मेदवारबाट पछि हटनु भन्दा कसैलाइ समर्थन गरेकाे वहाना वनाएर फर्कनु उचित भन्ने तहमा पुगेका छन।तर यति चाहि ढुक्कले भन्न सकिन्न उनी टिक्ने उम्मेदवार भने हाेइनन।




