काठमाण्डौं । जिल्ला अधिवेशनको टुंगो लागेको थियो । शरिरमा अलि सञ्चो नभएपछि नर्भिक अस्पतालमा स्वास्थ्य जाच गराउन गए–मोहन वस्नेत । अचानक उनलाइ कोभिड भएको पुष्टि भयो । चौध दिनसम्म कोभिड भएर अस्पतालको आइसियुमा वसेका पुर्वसुचना तथा सञ्चार मन्त्री मोहन वहादुर वस्नेत लगत्तै सिन्धुपाल्चोक पुगे । जनताको छोरो जनताको माझमा हुनुपर्छ भन्ने उनको मुलमन्त्र थियो । उनी विरामी भएपछि जिल्ला देखि प्रदेश अधिवेशनसम्म मिस गरे । नत्र वागमती प्रदेशको सभापति लडने उनको तयारी थियो । तर,कोभिडले थलिएपछि उम्मेदवार हुनु त परेको कुरा चुनावमै जान सकेनन । पार्टीको केन्द्रिय महाधिवेन चलिरहेको छ तर उनी भने निरन्तर संगठन निर्माण गर्न भुकम्प र बाढी पहिरोले थिलथिलो भएको जिल्ला सिन्धुपाल्चोकमा दोडधुप गरिरहेका छन । उनी केवल जय नेपालको नारा बोकेर मात्र गइरहेका छैनन,जिल्ला जादा एउटा सपना पनि वोकेर जान्छन । जस्तो,मेलम्चीमा ठुलो वाढी र पहिरोले हेलम्वु र मेलम्ची वजारको सम्पर्क स्थापित गर्ने चनौटेको पुल नै वगायो । जिल्ला भ्रमणमा पुगेका वस्नेत दाल चामल मात्र वोकेर गएनन,वाढीले वगाएको चनौटेको पुल वनाइदिन्छु भन्दै पुगे । उनले यो चनौटे पुल वनाउने घोषणा नै गरे । पिडित जनतालाइ राहत वाडे,उद्धारमा खटिए,उपचारको लागि हेयिलकोीटर लिएर गए । जनाको नेताले यो भन्दा अरु के नै पो गर्न सक्थ्यो र ? हुनत उनी पार्टीको दैवि प्रकोप तथा राहत उद्धार कमिटीको संयोजन पनि गरिरहेका छन । यसैकारण उनले दैविप्रकोपमा परेर पिडित भएका जनताको उद्धारलाइ चासो दिए पनि भन्न सकिन्छ तर कुरा यति मात्र होइन । भनिन्छ–संकटमा नेता पैदा हुन्छ र सुविस्तामा अभिनेता । दुइ पोका चाउचाउ र ५ केजी चामल बाडेर ठुलो सहयोग गरेरको प्रचार गर्ने रोग लागेको समाजसेवालाइ उनले भने दह्रो झापड हानेका छन ।
नेपाल जस्तो देशमा नेता भनेको भाषण गर्ने मानिस मात्र होइन,जनताको समस्या र पीरमर्का दुर गर्ने आशापुञ्ज पनि हो । तर,यहाँ धुलो उडने गरि भाषण गर्ने तर जनताको समस्यामा आखा चिम्लने राजनीतिक रोग छ । वस्नेत,यी भन्दा अलग छ,यसैले अग्ला देखिन्छन । हक्की स्वभावका वस्नेत कस्ता मान्छे भएर निस्किएका छन भने महाधिवेशनको दौरानमा राजधानीको विभिन्न होटलमा नेता कार्यकर्ता वसेका छन, तिनलाइ महाधिवेशनस्थलसम्म जानको लागि निःशुल्क सवारी साधनको ब्यवस्थाको जिम्मा समेत उनैले लिएका छन । यो केन्द्रिय नेतृत्वको हो तर यसको विंडो उनैले थामेका छन ।
पटक पटक सांसद भएको मात्र होइन,दुइ पटक मन्त्री भएको अनुभव पनि वस्नेतको छ । कोटेश्वरको वास,वालकोटको गुप्तवास उनको दिनचर्या हो । अलिकति फुर्सद भयो कि वालकोटको खेतीमा जाने, खेत खन्ने, आफुले पालेको गाइको भकारो सोहर्ने,दुध दुहुने उनको वानी छ । श्रमबाट टाढिएको नेता आलोकाचो हुन्छ,अब्यवहारिक हुन्छ । जिवन धान्न केवल राजनीति मात्र गर्ने नेता भ्रष्ट हुन्छ । आय आर्जन नभएको नेता अरुमा आश्रित हुन्छ । पद र पैसाप्रति आशक्त नेता शक्तिकेन्द्रको दलाल हुन्छ । तर,जनताको नेता झुपडीमा हुन्छ । र,गरिव जनताको पक्षमा नीति निर्माण गर्छ । राजनीति भनेको माउ नीति हो । राजनीतिकर्मीको मुल काम जनपक्षीय नीति वनाउने हो । यसैले पैसाको अपचलन गर्ने भन्दा पनि गलत नीति वनाउने र विचौलिया हुनु ठुलो भ्रष्टाचार हो । खोज्दै जादा चन्द्रमामा पनि दाग देखिन्छ तर पटक पटक सांसद र मन्त्री भएका वस्नेतलाइ आजसम्म एउटा कालो दाग पनि लागेको छैन । राजनीतिक पुजी जसको उचो हुन्छ,उ नै नेता हो । नेता पद होइन,यो सम्मान हो । यदि जनसेवा गरेवापत कसैले सम्मान गर्छ भने यसको हकदार वस्नेत छन ।




