राजनीति

ओलीलाई प्रचण्डको जवाफ-‘अवरोध गरे पनि संसद चल्छ’

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदको आगामी अधिवेशनमा एमालेले अवरोध गरेपनि सञ्चालन हुने बताएका छन् ।

भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर अवरोध गरे पनि संसद सञ्चालन गर्ने बताएका हुन् ।

यसअघि आजै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले कारबाही गरेका सांसद उपस्थित भए आगामी संसद अधिवेशन चल्न नदिने चेतावनी दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *