काठमाण्डौं । चितवनमा नेकपा एमालेको महाधिवेशन सुरु भएको छ । नारायणी किनारमा सुरु भएको उदघाटन सत्रमा स्वदेशी तथा विदेशी नेताहरुको सहभागीता देखिएको छ । कार्यक्रमको सञ्चालन नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले गरिरहेका छन । कार्यक्रम सञ्चालन गरिरहेका नेता ज्ञवालीले सवैलाइ स्वागत गर्दै केपी ओलीको आलोचना नगर्न आग्रह गरेका छन । उनले केपी ओलीको जति आलोचना हुन्छ,उति नै लोकप्रियता वढेको वताएका छन ।
उनले ७० वर्ष देखि राजनीतिमा दरो भएर उभिएको दल र उसको नेतृत्वलाइ वदनियतपुर्वक वदख्वाइ नगर्न उनले चेतावनी दिएका छन ।




