रिबन

भव्य तामझामकाबीच नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आजदेखि

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी(एमाले)को दशौं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। नारायणी नदी किनारमा भव्य तामझामकासाथ समारोह गरी पार्टीको महाधिवेशन उद्घाटन हुँदैछ।

नेकपा एमालेले आज मध्यान्ह १२ बजे भव्य समारोहबीच महाधिवेशनको उद्घाटन गर्दैछ। एमाले अध्यक्ष केपीशर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ। अहिले एमाले र अध्यक्ष ओलीका तस्वीरअकिंत तुल, ब्यानर, झन्डाले चितवन एमालेमय बनेको छ। जापताका टाँगिएका छन्। भरतपुरका ठाउँठाउँमा स्वागत गेट बनाएर ब्यानर टाँगिएका छन्। मञ्च निकै आकर्षक रुपमा निर्माण गरिएको छ।

मञ्च आसपास क्षेत्रमा ठूल ठूला एलसीडी राखिएका छन्। जसका कारणले सहभागीहरुले सहजै उद्घाटन सत्रको कार्यक्रम हेर्न सक्ने व्यवस्था मिलाइएको छ

एमाले महाधिवेशनमा कुल प्रतिनिधिको संख्या २ हजार १ सय ७५ जना हुने भएको छ। महाधिवेशनको पूर्वसन्ध्यामा उद्घाटनस्थल नारायणी किनारमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभागका संयोजक योगेश भट्टराईले प्रतिनिधिको संख्याबारे जानकारी दिएका हुन्। भुगोलबाट, जनसंगठनबाट, विभागबाट, सम्पर्क कमिटीहरुबाट र प्रवासका कमिटीहरुबाट निर्वाचित र केन्द्रीय कमिटीबाट १०६ जना गरी २१७५ जनाको प्रतिनधित्व हुनेछन् भने १०३ जना पर्यवेक्षक रहने संयोजक योगेश भट्टराईले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *