रिबन

अचानक तात्याे माओवादी,शनिवार देशभर वडा सम्मेलन गर्ने

काठमाण्डाैं । नेपाली कांग्रेस र नेकपा एमाले जाेडताेडले महाधिवेशनमा लम्किरहेकाे बेलामा अचानक नेकपा माअेावादी पनि तातिएकाे छ।पुषमा राष्ट्रिय सम्मेलनकाे तयारीमा रहेकाे माअेावादीले शनिवार विशाल कार्यक्रम गर्ने भएकाे छ।प्राप्त जानकारी अनुसार, नेकपा माओवादी केन्द्रले शनिबार देशभर नै वडा सम्मेलन गर्ने भएको छ ।

माओवादी पुर्नताजगीपुर्ण वनाउन वडा सम्मेलन गर्न लागिएकाे हाे । समाजवादको यात्रा पूरा गर्न जनताको तहदेखि नै परिवर्तन जरुरी रहेको भन्दै माओवादीले त्यसका लागि ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने नारासमेत तय गरेको छ ।

माओवादीले वडा समितिको चयन गर्दा सकेसम्म सर्वसम्मतिमा गर्न भनेको छ । निर्वाचन हुने अवस्था आएको खण्डमा मर्यादित तरिकाले पार्टीको आन्तरिक लोकतन्त्रका रुपमा बुझेर सोहीअनुसारको भूमिका निर्वाह गर्न सबै पार्टी पङ्क्तिलाई आग्रह गरेको छ ।

वडा सम्मेलनका क्रममा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “पार्टीको वडा सम्मेलनमा कुनै पनि विभाजित मनोविज्ञान एवं मानसिकता नराखी एकताबद्ध भएर सर्वहारा वर्गप्रति निष्ठावान, जनताप्रति उत्तरदायी र समाजवादी क्रान्तिको यात्रामा लाग्नसक्ने नयाँ एवं रुपान्तरित पार्टी निर्माणमा लाग्न आम जनसमुदायमा हार्दिक अपिल गर्दछ ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *