काठमाण्डाैं । नेकपा माअेावादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ याेग गुरू स्वामी रामदेवलाइ वैज्ञानिक भनेका छन। शुक्रवार मण्डिखाटारमा पतन्जली याेगपिठकाे उदघाटन गर्दै उनले यस्ताे वताएका हुन।
नेपालमा पतञ्जली याेगपिठ र धार्मिक च्यानलकाे शुभारम्भ गर्न विहिवार आएका रामदेवलाइ भेटेपछि प्रचण्डले यस्ताे वताएका हुन।उनले भने-पहिला रामदेव अलि परम्परावादी,रूढीवादी लाग्थ्याे,तर हाेइन रहेछ।उनी त क्रान्तिकारी पाे रहेछन।वैज्ञानिक रहेछन।
पतञ्जली याेगपिठकाे प्रधानमन्त्री शेरवहादुर देउवाले शुभारम्भ गरेका छन।यहि कार्यक्रममा अध्यक्ष दाहालले पनि सम्वाेधन गर्दा यस्ताे वताएका हुन।अध्यक्ष दाहालले स्वामी रामदेवले ठुलाे समुदायलाइ सही दिशा दिएकाे समेत भनेका छन।उनले निराेगीताकाे मार्गमा समाजलाइ लगेकाे भन्दै स्वामी रामदेवकाे प्रशंशा पनि गरेका छन।
विहिवार नेपाल आएका रामदेवले साँझ नै प्रचण्ड निवास खुमलटार पुगेर उनकी पत्नी सीता दाहाललाइ भेटेका थिए।




