समाचार

फुटयाे पाैडेल समुह,प्रकाशमान सिंहले बनाए नयाँ गुट

काठमाण्डाैं । प्रकाशमान सिंहले नया समुह बनाएका छन। कांग्रेस भित्र रामचन्द्र पाैडेलकै समुहकाे नामबाट राजनीति गरिरहेका सिहले अब भने नया समुह बनाएका छन।

नयाँ समुह बनाउने भएपछि उनी पाैडेलले धुम्वाराहीमा डाकेकाे भेलामा समेत नजाने निष्कर्षमा पुगेका छन। शुक्रवार २ बजेका पाैडेलले धुम्वाराहीमा पाैडेल समुहका केन्द्रीय समितिका सदस्यकाे भेला डाकेका छन।

रामचन्द्र पाैडेलले अब नेतृत्व लिन नसक्ने निष्कर्ष निकाल्दै सिंहले देउवा र पाैडेलले राजनीति छाडनुपर्ने बताइरहेका छन। यता पाैडेल भने पुस्तान्तरण नभई रूपान्तर हुनुपर्ने बताइरहेका छन। सभापति शेरवहादुर देउवासँग विमति राखेर आलाेचना गरिरहकाे पाैडेलले सरकारलाई सघाउ पुर्याउन गठन गरिएकाे समन्वय समितिकाे संयाेजक बनेपछि सिहले असहमति जनाएका छन। उनले याे समितिकाे कामै नभएकाे बताएका छन।

यसरी पाैडेललाई नेता मान्न सकिन्न भनेर वाेल्दै हिडेका सिंहले उनले डाकेकाे भेलामा गए उनलाइ नै नेता मानेकाे अर्थ लाग्ने भन्दै पाैडेल पक्षकाे भेलामा नजाने भएका हुन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *