रिबन

मुल्यवृद्धि विरूद्ध विप्लवकाे वाहुवली आन्दाेलन

काठमाण्डाैं । नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपाले पेट्राेलियम पदार्थकाे मुल्य वृद्धिविरूद्ध आन्दाेलनकाे घाेषणा गरेकाे छ।

सरकारसंग तिन वुदे सहमति गरेपछि खुल्ला राजनीति थालेकाे विप्वल समुह लामाे समय देखि शान्त र निस्तेज थियाे।तर हप्ता दिनमा नै दुइ पटक मुल्य वृद्धि गरेपछि यसका विरूद्ध उसले आन्दाेलनकाे घाेषणा गरेकाे हाे ।

विप्लव समुहले कात्तिक २५ गते देखि ३० गतेसम्म प्रथम चरणकाे आन्दाेलनकाे कार्यक्रम सार्वजनिक गरेकाे छ।विप्लवले जारी गरेकेा वकतब्यमा चक्काजाम देखि नेपाल वन्दसम्मकाे कार्यक्रम तय गरिएकाे छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *