काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तिहारलगत्तै नेपाल आउने भएका छन् ।
स्कटल्याण्डको ग्लास्गोमा प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी मोदीबीच भएको भेटवार्तामा नेपाल आउने बारेमा छलफल भएको हो । मोदीको नेपाल भ्रमणपछि प्रधानमन्त्री शेरबहादुर देउवा समेत भारत भ्रमण जाने विषयमा सहमति जुटेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको हो ।
भारतीय प्रधानमन्त्री मोदी ४ पटक नेपाल आएका छन् । स्टकल्याण्डमा प्रधानमन्त्री देउवाले विभिन्न देशका नेताहरुसँग भेटवार्ता गरिरहेका छन् । आजमात्रै देउवाले श्रीलंकाका राष्ट्रपतिसँग समेत भेटवार्ता थरेका थिए ।




