काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सम्मानजनक बर्हिगमनको प्रस्ताव अघि सारेका छन् । न्यायाधीशहरुले इजलाश बहिस्कार गरेर राजीनामाको दबाब बढाइरहेका बेला राणाले सम्मानजनक बर्हिगमनको विषय अघि सारेका हुन् । राणाले भनेको सम्मानजनक बर्हिगमन पुर्ण कार्यकाल काम गर्न दिनु रहेको सर्वोच्च स्रोतले जानकारी दिएको छ ।
्
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानी गर्न वेलायती उद्योगीहरुलाई आग्रह गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा भाग लिन स्टकल्याण्ड जाने क्रममा बेलायत पुगेका देउवाले बेलायती लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन् । बेलायतमा प्रधानमन्त्री देउवाले नेपाली संघसंस्थाका प्रतिनिधिहरुसँग समेत छलफल गरेका छन् ।
राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुनका लागि स्कटल्याण्ड पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाले भोली मोदीसँग भेटवार्ता गर्ने तय भएको छ ।
नेकपा एमाले नेतृत्वको बाँकी रहेको प्रदेश नम्बर एकको सरकार ढल्ने निश्चित भएको छ । सोमबार मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने तय भएको छ । विपक्षी गठबन्धनले मुख्यमन्त्री आचार्यको विपक्षमा मतदान गर्ने र भावी मुख्यमन्त्रीमा राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि एमाले नेतृत्वको प्रदेश सरकार ढने निश्चित भएको हो ।




