रिबन

प्रदेशमा छिट्टै मुख्यमन्त्री फेरिन्छ : अध्यक्ष नेपाल

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले प्रदेश एक र बागमती प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरू परिवर्तन हुने बताएका छन्। शनिबार नेकपा एस काभ्रेले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो कुरा बताएका हुन्।

‘प्रदेश नम्बर एक र बागमती प्रदेशमा अब छिटै नै हाम्रो पार्टीको नेतृत्वमा मुख्यमन्त्रीसहितको सरकार बन्न गइरहेको कुरा तपाईहरूलाई जानकारी गराउन चाहन्छु,’ पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले भने। कर्णाली प्रदेशमा ओलीको पार्टीलाई चुनौती दिँदै आफ्नो पार्टी सरकारमा सामेल भएको उल्लेख गर्दै उनले लुम्बिनी, प्रदेश २ र गण्डकीमा पनि छिट्टै सरकारमा सामेल हुने बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *