रिबन

सरकारले भन्यो– उद्योगमन्त्रीको नियुक्तीमा न्यायालय जोड्नु निराधार

काठमाडौं । सरकारले वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालको नियुक्तीका बारेमा प्रधानन्यायाधीशलाई जोड्नु गलत रहेको बताएको छ ।

सरकारले पुर्णता पाएपछि बसेको मन्त्रिपरिषद्को बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा गजेन्द्रबहादुर हमालको नियुक्तीका बारेमा प्रधानन्यायाधीशलाई जोडिएको कुरा निराधार भएको जनाएको छ ।

सरकार प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हमाल नेपाली काङ्ग्रेसको तर्फबाट मन्त्री बनेको बताए । उनले हमालको योगदान र लगशीलताका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गरेकाले नियुक्तिप्रति न्यायालयलाई जोड्नु गलत भएको बताए ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड,२०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *