रिबन

स्वास्थ्यसहित ४ मन्त्रालय पाएपछि नेकपा एसले आज मन्त्रीको टुङ्गो लगाउँदै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सरकारबाट सहभागी हुने मन्त्रीको नाम आज टुंगो लगाउँदै छ । बिहिबार बसेको स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो आज बस्ने केन्द्रीय सचिवालय बैठकले गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

महासचिव बेदुराम भुसालको संयोजकत्वमा गठित ११ सदस्यीय केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । उनका अनुसार पार्टीले शहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र श्रम, रोजगार तथा सामाजिक मन्त्रालय पाउने भएको छ । उनले भोलि सबै गठबन्धन दलले सरकारमा सहभागी हुने मन्त्रीको नामावली बुझाएपछि मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *