समाचार

माधव नेपाललाई डिस्चार्ज हुन केही दिन लाग्ने ,आखिर भएको के हो ?

काठमाडौँ ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेपालको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको छ । उनको गत बुधबारदेखि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।

नेपालको रगतमा सोडियमको मात्रा कम देखिएको छ। आज एउटा इको गरेपछि मात्र डिस्चार्जको बारेमा भन्न सकिने नेपालको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिए । नेता अध्यक्ष नेपाललाई रुघा, खोकी र ज्वरो आएसँगै अस्पताल भर्ना गरिएको थियो ।

अध्यक्ष नेपालसहित उनकी पत्नी गायत्रीको स्वास्थ्यमा कोरोनाको जस्तो लक्षण देखिएपछि नेपालदम्पती होम आइसोलेशनमा बसेका थिए । नेपालको कोरोना परीक्षण भने नेगेटिभ देखिएको थियो । अध्यक्ष नेपाल मकवानरको हेटौंडामा पार्टी कार्यक्रममा सहभागी भएर फर्किएपछि बिरामी परेका थिए ।


नेपालको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा.सन्तकुमार दाससहितको टोली संलग्न छन् । स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा नेपालसँगको भेटघाट पनि बन्द गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *