काठमाण्डौं । नेकपा एमालेमा वामदेव गौतमको लागि ढोका वन्द भएको छ । एमालेबाट राजीनामा दिएर वसेका गौतम कुनै पनि पार्टी प्रवेश गरेका छैनन । उनी माधव नेपालको पार्टी नेकपा एकिकृत समाजवादीमा प्रवेश गर्ने चर्चा चलेपनि उनी कुनै दल पनि प्रवेश गरेका छैनन । उनी कुन पार्टी प्रवेश गर्छन भन्न सकिन्न तर उनको लागि नेकपा एमालेको ढोका सदाको लागि वन्द भएको चाहि ढुक्कले भन्न सकिन्छ ।
नेकपा एमालेले अहिले नै ७० बर्ष उमेर नाघेका नेताले केन्द्रिय समिति देखि अध्यक्षसम्म वन्न नपाउने नया प्रावधान राखेको छ ।
यो प्रावधानले केपी ओलीलाइ कुनै असर गर्दैन तर यसको सोझो असर भने वामदेव गौतमलाइ पर्छ । किनभने उनी उमेरले ७० नाघेका छन । यो उमेर नाघेका गौतमलाइ अब पार्टीको सक्रिय राजनीति गर्न वाटो खुल्ला छैन । यसकारण उनको एमाले प्रवेशको ढोका वन्द भएको छ ।




