काठमाडौं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले विवाद समाधान गर्ने भन्दै गरिएको १० बुँदे सहमति केपी ओलीको षड्यन्त्रमात्रै भएको बताएका छन् ।
आजबाट शुरु भएको नेकपा एकिकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा वार्ता नाटक भएको र सहमति षड्यन्त्र भएको उल्लेख गरेका छन् । ‘केपी ओली आफैंले गरेको सहमतिजस्ता विषयलाई छाडेर गरिएको कथित १० बुँदे सहमति केपी ओली पक्षको गम्भीर षड्यन्त्रको परिणाम मात्र हो ।’ अध्यक्ष नेपालले पेश गरेको प्रस्तावमा भनिएको छ ।
वार्ताका नामम अलमलाउन मात्रै खाजेको भन्दै उनले एमाले अध्यक्ष ओलीले वार्ताका नाममा माटक गरेको उनको निष्कर्ष छ । ‘वार्ता त फगत नाटकमात्रै थियो, अल्मल्याउने र फसाउने चालमात्रै थियो ।’ प्रस्तावमा भनिएको छ ।
१० बुँदे सहमति प्राविधिक प्रकृतिको मात्रै रहेको र अध्यक्ष ओलीले गरेको संसद विघटन असंवैधानिक थियो भनेर माफी माग्नुपर्नेमा त्यसो नगरेको समेत अध्यक्ष नेपालले पेश गरेको प्रस्तावमा भनिएको छ ।




