राजनीति

ओली सरकारले नियुक्त गरेका राजदूतहरु फिर्ता बोलाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले राजनीतिक रूपमा नियुक्त सबै देशका राजदुतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मंगलबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक भागबन्डाका आधारमा नियुक्त सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिएको छ ।

सरकारको यो निर्णयसँगै अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडा, बेलायतका लागि पूर्वमुख्यसचिवसमेत रहेका लोक दर्शन रेग्मी लगायत अन्य देशहरूमा नियुक्त भएका सबै राजदूतहरु फिर्ता हुनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *