रिबन

एमाले सांसद लालवहादुर थापाले नै हाे त मर्यादापालकलाइ हातमा टाेकेकाे ?

काठमाण्डाैं।शुक्रवार मर्यादापालकालाइ हातमा घाउ नै हुने गरि टाेक्ने एमाले सांसद लालवहादुर थापा भएकाे शंका गरिएकाे छ।मर्यादापालकलाइ हातमा टाेक्दै गरेकाे तस्वीर र शुक्रवारकाे संसदकाे भिडियाे म्याच गरेर हेर्दा बाजुराबाट निर्वाचित सांसद थापा नै भएकाे देखिन्छ।थापाले मर्यादापालकलाइ चाेट पुरयाएर राेष्ट्रममा जान खाेजेका थिए।सरकारले बजेटकाे प्रतिस्थापन विध्येक पेश गरेकाे बेला यसलाइ असफल पार्न एमालेले जसरी पनि राेष्ट्रममा जाने याेजना वनाएकाे थियाे।

संसद सुरू हुने वित्तिकै दगुरेर शान्ता चाैधरी राेष्ट्रम घेर्न पुगेकी थिइन।यसपछि गंगा चाैधरी,नारदमुनि रानाथारू,पद गिरी लगायतका सांसदले मर्यादापालककाे काँधमा चढेर राेष्ट्रममा प्रवेश गर्न खाेजेका थिए। यहि क्रममा सांसद थापाले भने मर्यादापालकलाइ हातमा टाेकेर अवराेध फुकाउन खाेजेका थिए।सांसदहरूलाइ राेक्न मर्यादापालक हातकाे साङलाे वनाएका थिए।यहि वेला थापाले टाेकेका हुन।

थापा वाजुराबाट निर्वािचत सांसद हुन।उनले गत चुनावमा कांग्रेस उम्मेदवार कविाज पण्डितलाइ ४ हजार ८सय भन्दा बढी फराकिलाे मत अन्तरले हराएका थिए।थापाले २८हजार ६५ मत पाएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *