समाचार

मनाङ र मुस्ताङमा १८ वर्षमाथिका सबै नागरिकले लगाए कोभिडविरुद्धको खोप

काठमाडौं। हिमालपारिको जिल्ला मनाङ र मुस्ताङका १८ वर्षमाथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य कार्यालय मुस्ताङका निमित्त प्रमुख टिकाराम भण्डारीका अनुसार जिल्लाभित्रका १८ वर्ष पूरा गरेका सबै नागरिकले कोभिड–१९ विरुद्धका खोप लगाएका हुन् ।

अहिलेसम्म नौ हजार ५ सय ८ जना नागरिकले पूरा मात्रा खोप लगाइसकेका छन् । अब १८ वर्ष माथिका नागरिकहरु खोप लगाउन छुटेका छैनन् ।

भेरोसेल खोप पहिलो डोज लगाएका २४२ दोश्रो डोज लगाउन बाँकी भए पनि लक्ष्यित वर्ग सबै खोपको दायरामा आइसकेका छन् । मुस्ताङमा हाल सम्म ५१८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएकोमा अहिले २० जना सक्रिय संक्रमित छन् ।

मुस्ताङमा कोभिड को संक्रमणबाट अहिलेसम्म १५ जनाको मृत्यु भएको छ । हालसम्म मुस्ताङभित्र पिसिआर बिधिबाट २२३ जनाको परिक्षण गर्दा ११२ जनामा र एन्टीजेन बिधिबाट २ हजार ७ सय १७ जनाको परिक्षण गर्दा ४०६ जनामा कोभिड–१९ पोजिटिभ पाइएको थियो ।

मनाङमा पनि १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइएको छ । मनाङमा १८ वर्षमाथिका चार हजार एक सय ९८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

मनाङमा कोभिसिल्डको पूर्ण खोप लगाउने दुई हजार ९६, जोन्सन एन्ड जोन्सनको पूर्ण खोप लगाउने दुई हजार २७ र भेरोसेलको पूर्ण खोप लगाउने ७५ जना छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *