काठमाडौं । एमाले (माधव नेपाल पक्ष) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । बुधवारका लागि तय भएको बैठक नेताहरू बाहिर रहेकाले अब बिहीबार बस्ने भएको छ ।
नेपाल पक्षको सोमबार बसेको बैठकले एकतामा जोड दिने निर्णय गरेको थियो । बैठकमा बोल्दै नेता नेपालले आफू एकताको पक्षमा रहेकाले त्यसका लागि अन्तिम समयसम्म लाग्ने बताएका थिए ।
केन्द्रीय कमिटी बैठकमा पार्टी विवादबारे पनि छलफल हुने बताइएको थियो। पार्टी अध्यक्ष केपी ओली पक्षले एकताका लागि नेपाल पक्षलाई बेला बेला आह्वान गरे पनि सोमवारको स्थायी कमिटीले गठन गरेका विभागमा नेपाल पक्षलाई बाहिरै राखिएको छ ।
सोमबार एमालेको स्थायी कमिटीको बैठकले विभिन्न नौ विभाग गठन गरेको थियो। त्यसपछि माधव समूहले समानान्तर सांगठनिक संरचनाको अभ्यास गर्ने तयारी गरेको थियो ।
नेपाल समूहले सरकारमा जाने कि नजाने भन्ने स्पष्ट रोडम्याप नदिँदा अहिलेसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन।




