काठमाण्डाैं।सरकारले राजीनामा मागेका नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले राजीनामा दिन अस्वीकार गरेका छन।
विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाइ हटाएर उनकाे ठाउँमा अघिल्लाे केपी अेाली सरकारले शाक्यलाइ चार बर्षकाे लागि नियुक्ति दिएकाे थियाे।यसपटक प्रधानमन्त्री शेरवहादुर देउवा सरकारले शाक्यलाइ हटाएर उनकाे ठाउमा पुन घिसिङलाइ ल्याउने तयारी स्वरूप शाक्यलाइ राजीनामा दिन भनेकाे थियाे ।
प्रधानमन्त्री देउवालकाे निर्देशन अनुसार उर्जा मन्त्री पम्फा भुषालले शाक्यकाे राजीनामा मागेकी थिइन तर शाक्यले राजीनामा दिनु परे अदालत जाने चेतावनी दिएका छन। उनले चार बर्षकाे लागि नियुक्ति पाएकाे भन्दै अहिले नछाडने अडान लिएका छन।
सरकार भने उनलाइ हटाएर घिसिङलाइ ल्याउने प्रक्रियामा निकै अघि बढिसकेकाे छ।




