काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) हप्ताको पहिलो दिन आज दोहोरो अंकले बढेर नयाँ रेकड कायम भएको छ । आज नेप्से ३२.८१ अंकले बढेर दुई हजार आठ सय २० विन्दुमा पुगेको छ ।
२२० कम्पनीको सेयर किनबेच हुँदा कारोबार रकम ११ अबर् ६५ करोड ५८ लाख रूपैयाँ पुगेको छ । अमज नेप्सेमा कारोबार हुने ३ वटा समूहगत परिसूचकहरु घटेका छन् भने बाँकी सबै समूहगत परिसूचक बढेका छन् । होटल तथा पर्यटन, निर्जिवन बीमा र लघुवित्त समूहका परिसुचक घटेको देखिएका छन् भने १७ कम्पनीको शेयरमूल्यमा उच्च वुद्धि देखिएको छ ।
आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा कर्णाली विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, युनाईटेड इदी मर्दी हाइड्रोपावर महालक्ष्मि विकास बैंक, सांग्रिला विकास बैंक, बेष्ट फाइनान्स कम्पनी, गुडविल फाइनान्स कम्पनी, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेड, आइसीएफसी फाइनान्स कम्पनी लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड, कालिका पावर, नारायणी डेभलपमेण्ड बैंक, बरुण हाइड्रोपावर कम्पनी, सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स कम्पनी रहेका छन् । राजनीतिक अस्तिरताका कारण शेयर बजार घट्ने अनुमान गरिएपनि आज नेप्सेले नया रेकर्ड राखेको हो ।




