शिक्षा / स्वास्थ्य

जनतालाई बेसार पानी र अम्बाको पात खाने सुझाव दिदै आएका प्रधानमन्त्रीद्वारा कोभिडलाई कम आँकेको स्वीकार

काठमाडौं । विश्वव्यापी माहामारीको रुपमा करिव डेढ वर्षदेखि फैलिएको कोभिड –१९ का सन्दर्भमा गम्भीरता नदेखाएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा यसरी कोभिड बढ्छ भन्ने नसोचेको बताएका छन । कोरोना भइरसलाई सामान्य रुघाखोकीको संज्ञा दिदै आएका प्रधानमन्त्री ओली नेतृत्वको सरकारको लापरवाहीका कारण कोरोना महामारी भयाभह भएको आरोप खेरिरहेका बेला ओलीले उक्त अभिव्यक्ति दिएका हुन ।

बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले भनेका छन नेपालीहरको इम्युन सिस्टम (प्रतिरोध प्रणाली) धेरै बलियो छ त्यस कारण अलिअ अलि सर्ला, यस तहमा बढ्छ भन्ने मैले ठानेको थिइन ।

प्रधानमन्त्री ओलीले कोरोनाभाइरस महामारी फैलिएका बेला शरीरको रोग प्रतिरोधी क्षमता सुदृढ बनाउन बेसार पानी खान र अम्बाको पात उमालेर पानी खाने सुझाव बारम्बार दिने गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *