देश

देउवा भेट्न बुढानिलकण्ठ पुगे महन्थ ठाकुर र राजेन्द्र महतो

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन् ।

सभापति देउवा र जसपा अध्यक्ष ठाकुरबीच आगामी सत्ता समीकरणबारे छलफल हुने जसपाका एक नेताले जानकारी दिए । एमालेका माधवकुमार नेपाल पक्षका सांसदले राजीनामा दिने चर्चासँगै जसपाको ठाकुर पक्ष देउवासँग परामर्शका लागि बुढानिलकण्ठ पुगेको हो ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्ष यसअघिदेखि नै विपक्षी गठबन्धनसँग नजिक रहेको छ । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने प्रस्तावबारे निर्णय लिन सोमवार प्रतिनिधिसभा बैठक बस्नुअघि राजनीतिक सरगर्मी बढेको छ ।

तर, आफ्नो पार्टीका सासदले राजीनामा दिएमा ओलीले आइतबार रातिसम्म बोल्ड कदम चाल्ने भएका छन् । उनले दुई–चार दिनका लागि भए पनि प्रतिनिधिसभाको विशेष अधिवेशन सार्न सक्ने अनुमान गर्न थालिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *