समाचार

कांग्रेसले गुमायो शालिन नेता शिवकुमार खड्का, नेताहरू मर्माहत

काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता शिवकुमार खड्काको निधन भएको छ । ८५ वर्षको उमेरमा आइतबार दिउँसो उनको निधन भएको हो ।

खड्का रामेछाप कांग्रेसका पूर्वसभापति, नेपाल विद्यार्थी संघका संस्थापक सदस्य, पूर्वजिविस सभापति, संविधानसभा सदस्यसमेत थिए ।
कांग्रेसका कुशल संगठक खड्का पार्टी सभापति शेरबहादुर देउवाका बालसखा पनि हुन् । उनी कांग्रेस नेतृ मिना पाण्डेका दाजु हुन् । खड्काको निधनले कांग्रेसलाई अपूरणीय क्षति पुगेको छ ।

खड्काको निधनबाट आफू मर्माहत भएको र बालसखा गुमाएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जनाएका छन् ।

उनले लेखेका छन्– मेरा बालसखा अन्त्यन्तै हक्की स्वभावका नेता एंव संविधानसभा सदस्य शिवबहादुर खड्काको निधनले मलाई अत्यन्तै मर्माहत बनाएको छ । खड्काको निधनबाट मैले एकजना असल, इमानदार पुरानो साथी गुमाएको छु । नेपाली कांग्रेसले एक कुशल संगठनकर्ता गुमाएको छ । नेपाली कांग्रेसका नेता खड्का भद्र अवज्ञा आन्दोलन, सत्याग्रहमासमेत सहभागी हुनुहुन्थ्यो । पार्टीमा लामो समय दुःख गरेर पनि कुनै लाभको पद नलिनुभएका खड्का अत्यन्तै इमानदार छविका नेता मानिनुहुन्थ्यो । उहाँ नेपाल विद्यार्थी संघको संस्थापक मध्येका नेता हुनुहुन्थ्यो । खड्का २०२७ वैशाख ६ देखि ९ गतेसम्म चलेको प्रजातन्त्रवादी विद्यार्थीहरूको राष्ट्रिय सम्मेलन म, पार्टी सभापति शेरबहादुर देउवा र विपिन कोइराला लगायतका नेताहरु सहभागि थियौं । यो दुःखको घडिमा मृत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछु।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *