काठमाडौँ । संघीय संसदका सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन द्वन्द्वकालको मुद्दामा आज सुनुवाई हुने भएको छ । लामो समयदेखि पेसीमा नचढेको सो मुद्दा बुधबारका लागि पेसीमा चढेको हो ।
उक्त मुद्दाको संवैधानिक इजलासमा सुनुवाई हुदैँछ । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की,मीरा खड्का,हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा छन् ।
द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको अपहरण गरी हत्या गरेको अवस्थामा दुई महिनापछि शव फेला परेको थियो।




