समाचार

शशांक कोइराला भन्छन्, एक साताभित्र ओलीविरुद्ध अविश्वास प्रस्ताव आउँछ

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले प्रधानमन्त्री केपी ओलीविरुद्ध एक साताभित्र अविश्वास प्रस्ताव ल्याउने बताएका छन् । उनले नेपाली कांग्रेसको नेतृत्वमा छिट्टै नयाँ सरकार गठन हुने पनि दावी गरेका छन् ।

विराटनगर विमानस्थलमा बिहीबार पत्रकारहरुसंग कुराकानी गर्दै महामन्त्री कोइरालाले कांग्रेस, माओवादी र जसपाको गठबन्धन सरकार बन्ने दावी गरेका हुन् । ‘हामी छलफलमै छौं । एक हप्ताभित्र प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउँछौं,’ कोइरालाले भने । कोइरालाले प्रधानमन्त्री ओलीसँग कांग्रेसले राजनीतिक सहकार्य गर्ने कुनै सम्भावना नरहेको भन्दै कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाएर राजनीतिक निकास दिनुपर्ने बताए ।

बिहीबार मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नयाँ सरकार गठन धेरै नजिक रहेको बताएका छन् । उनले दलहरूबीच संवाद भइरहेको र चाँडै नयाँ सरकार गठन हुने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *