रिबन

नेपाल–खनाल पक्षका सांसदलाई आत्मालोचनासहित फर्किन निर्देशन, नमाने कारबाही गर्ने निर्णय

काठमाडौं । एमालेको संसदीय दलले नेपाल–खनाल पक्षका सांसदलाई आत्मालोचनासहित फर्किन निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दलको बैठकले आत्मालोचनासहित पार्टी र दलमा फर्किन आह्वान गर्दै नत्र विधानअनुसार स्पष्टिकरण सोध्ने र कारवाही प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

बैठकले पार्टीबाहेक अरुले बोलाउने भेलामा नजान सांसदहरुलाई निर्देशन दिइएको हो । नेपाल–खनाल पक्षले ललितपुरको हेरिटेज गार्डेनमा राष्ट्रिय कार्यकर्ता भेला राखेकै बेला एमाले संसदीय दलका अध्यक्ष प्रधानमन्त्री ओलीले बालुवाटारमा दलको बैठक डाकेका थिए ।

एमाले संसदीय दलको बैठकमा नेपाल–खनाल पक्षका सांसद गंगा चौधरी मात्र सहभागी भएका छन् । यसअघि कतै नखुलेका लालबाबु पण्डित पनि सहभागी भएका छन् । वामदेव गौतम नगए पनि उनकी पत्नी तुलसा थापा सहभागी भएकी छन् ।

प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले २७ सदस्यीय बोर्ड गठन गरेको छ । बैठकले संसदीय दलको विधान संशोधनसम्बन्धी प्रस्ताव गर्न कार्यदल पनि गठन गरेको छ। कार्यदलमा विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राई छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *