रिबन

एमालेले समर्थन फिर्ता लिएपछि कर्णाली प्रदेशको सरकार संकटमा

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिने निर्णय गरेसँगै माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीको सरकार ढल्ने अवस्थामा पुगेको हो ।

बुधबार बसेको कर्णाली प्रदेश एमाले संसदिय दलको बैठकले विभिन्न ५ वटा निर्णय गरेको छ । एमालेका प्रदेश इन्चार्ज यामलाल कँडेलसहित १० जना सहभागी बैठकले गरेका निर्णय यस्ता छन् ।

एमाले पुनर्स्थापना भइसकेपछि नेकपा एमाले का व्यवस्था अनुसारको व्यवस्था गर्न संसद सचिवालय लाई निर्देशन गर्ने, सरकारमा रहेको समर्थन फिर्ता, मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन, दलको नेताको रुपमा यामलाल कँडेललाई दिने रअनुपस्थित संसद लाई स्पष्टीकरण माग्ने निर्णय गरेको छ ।

कर्णालीमा यसअघि नेकपा भएका बेला पनि सरकारलाई दिएको समर्थनबारे विवाद देखिएको थियो । कर्णाली प्रदेशको मुख्यमन्त्री शाहीलाई हटाएर यामलाल कँडेल मुख्यमन्त्री बन्न चाहन्छन् । एमाले र माओवादी केन्द्र अलग अलग भएपछि पहिलो निसाना कर्णाली प्रदेश सरकार परेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *