काठमार्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधब कुमार नेपाल र झलनाथ खनाल पक्षका केन्द्रीय नेताहरुको जिम्मेवारी खोसेको २४ घण्टा नबित्दै नेपाल–खानालले केन्द्रीय कमिटिको बैठक राखेर समानान्तर कमिटि विस्तार गरेका छन । ओलीको एकलौटी निर्णयले असन्तुष्ट बनेका नेपाल–खानाले केन्द्रीय कमिटि बैठक राखेर समनान्तर कमिटि विस्ता गरेका हुन ।
नेपाल–खनाल पक्षको बैठकले सातै प्रदेशमा प्रदेश संयोजक र विभिन्न विभागको प्रमुखमा तोकेको छ । नेपाल–खनाल पक्षले प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, बागमति प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिमा भीम रावललाई संयोजकको जिम्मेवारी दिएको छ ।
त्यस्तै, प्रचार विभागको जिम्मेवारी योगेश भट्टराई, महिला विभागको जिम्मेवारी अष्टलक्ष्मी शाक्य, युवा विभागको जिम्मेवारी रघुजी पन्त, विद्यार्थी विभागको जिम्मेवारी गोकर्ण विष्ट, र बुद्धिजीवी विभागको जिम्मेवारी प्रमेश हमाललाई जिम्मेवारी दिएको छ ।
यसै गरी नेपाल–खनाल पक्षको बैठकले चैत ४ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेकाे छ ।




