मुख्य समाचार

प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध कांग्रेसका १३ भ्रातृ संस्थाले आज संयुक्त प्रदर्शन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका भ्रातृ संस्थाहरुले आज सरकारविरुद्ध प्रदर्शन गदैछन । प्रधानमन्त्री ओलीको असंवैधानिक सिफारिसमा गरिएको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्धमा कांग्रेस केन्द्रीय समितिको निर्देशनमा १३ वटै भातृ संस्थाहरूको संयुक्त आयोजनामा ७७ जिल्लामै एकसाथ प्रदर्शन गर्न लागेका हुन ।

संसद विघटनमार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिड विरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका बिषयमा सरकारी उदासिनता लगायतका मुद्धालाई अघि सारेर विरोध प्रदर्शन गरिने जनाइएको छ ।

हजो सहभागी हुन संयुक्त अपीलमार्फत १३ भ्रातृ संस्थाले प्रदर्शनमा व्यापक सहभागी बन्न देशभरका सबै सदस्य, समर्थक, शुभचिन्तकलाई आग्रह गरेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *